हेलिकोप्टर पर्वतीय उडानमा रोक

काठमाडौं । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्। दुर्घटना न्यूनीकरण गर्न भन्दै प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउन्टेन, सिलिङ (सामान झुन्ड्याएर गरिने लङलाइन उडान) र पुष्पवृष्टि उडानमा रोक लगाउने निर्णय गरेको छ। मनसुन […]

सम्बन्धित सामग्री

सम्पादकीय: हावामा हराइरहेका हवाई सुरक्षाका प्रश्नहरू

नेपालले फेरि अर्को हवाई दुर्घटनाको दुःख सहनुपरेको छ । पर्वतीय उडान सकेर फर्किंदै गरेका ५ मेक्सिकन नागरिक सवार मनाङ एयरको हेलिकोप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके–५ लामजुरानजिक दुर्घटना हुँदा चालकसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

कास्की । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् । पोखराबाट हेलिकोप्टर चढी पर्यटक नजिकैका माछापुच्छ्रे, मर्दीलगायत हिमालको अवलोकन गर्न मर्दी हाइक्याम्प तथा आधार शिविर, कोरी हिमाल, कफुचे हिमताललगायतको अवलोकन गर्न पुग्ने गरेको सत्यम् हेली सर्भिसका सञ्चालक अमृत अधिकारीले जानकारी दिए । पछिल्लो समयमा पोखरा आउने आन्तरिक पर्यटक पर्वतीय उडानतर्फ आकर्षित हुने गरेका छन् । सत्यम् हेली सर्भिसले फिष्टेल एयरको हेलिकोप्टर भाडामा लिएर पर्यटकलाई सेवा प्रवाह गरिरहेको छ । पोखराबाट कोरी हिमालका लागि प्रतिव्यक्ति २५ हजार, मर्दी हिमालका लागि प्रतिव्यक्ति २० हजार र पोखरा सिटीअन्तर्गत विश्वशान्ति स्तुप, पुम्दीकोट विशाल महादेवमूर्ति, सराङकोटलगायतका स्थानको अवलोकनका लागि प्रतिव्यक्ति १० हजार शुल्क लिने गरेको अधिकारीले बताए ।     पोखराबाट मुक्तिनाथ जाने पर्यटकका लागि एउटा उडानको दुई लाखसम्म लिने गरिएको छ । एउटा उडानमा पाँच जनासम्म सहभागी बन्न सक्ने क्षमता रहेको अधिकारीले जानकारी दिए । पोखरा आउने पर्यटकमा पछिल्ला दिनमा खर्च गर्ने क्षमता पनि बढेको व्यवसायी बताउँछन् । पोखराबाट प्रभु र डाइनेस्टी एयरले पनि पर्वतीय उडान गरिरहेका छन् । रासस