काठमाण्डाै - १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल जितविहीन बनेको छ ।
भारतको जमसेदपुरमा हिजो भएको चौथो खेलमा नेपाल बङ्ग्लादेशसँग २–१ गोलले पराजित भयो । बङ्ग्लादेशका शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक/एक गोल गरिन् । अमिशा कार्कीले खेलको चौथो मिनेटमै गोल गरी अग्रता बनाएको खेलमा नेपालले अग्रता जोगाउन सकेन।
नेपाल जितविहीन बन्दै बाहिरिएको छ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको ...