परीक्षा अघि विद्यार्थीलाई खोपको व्यवस्था गर्न नेविसंघको माग

१७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो । साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुँदैछन् । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा […]

सम्बन्धित सामग्री

परीक्षा अगाडि विद्यार्थीलाई खोपको व्यवस्था गर्न नेविसंघको माग

काठमाडौं। नेपाल विद्यार्थी संघले(नेविसंघ)ले परीक्षा अगावै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। नेविसंघले परीक्षा केन्द्र बढाएर परीक्षा सञ्चालन गराउनुपर्नेमा जोड दिएको छ। नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले परीक्षा दिनु अगावै विद्यार्थीको निःशुल्क कोरोना परीक्षण र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्ने बताए।