गएको एक महिनामा बीमालेखको संख्या ४ लाख ४० हजार ७७१ ले वृद्धि भएको छ । बीमा समितिका अनुसार यो संख्या गत साउन १ गतेदेखि भदौ मसान्तसम्म ४ लाख ४० हजारले बढेर ९२ लाख ६९ हजार ३५२ पुगेको हो । जबकी गत साउन मसान्तसम्ममा जीवन बीमा र निर्जीवन बीमा गरी कुल ८८ लाख २८ हजार ८८१ मात्र बीमालेख दर्ता भएका थिए । समितिका अनुसार समीक्षा अवधिमा जीवन बीमातर्फ २ लाख ९ हजार ४४ वटा बीमालेख थपिएको छ भने निर्जीवन बीमातर्फ अधिकतम २ लाख ३१ हजार ४२७ वटा बीमालेख थपिन पुगेको छ । यस्तै, वैदेशिक रोजगार बीमालेख तर्फ