ट्राफिक नियम उल्लंघन गरेर सवारीसाधन चलाउने चालकलाई बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरू गरेको छ ।
आइतवारदेखि शुरू गरिएको अभियान बागमती प्रदेशका १० जिल्लामा लागू गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।
अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, तीव्र गतिमा सवारीसाधन चलाउने, जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लंघन गरी सवारीसाधन चलाउने चालकलाई प्रशिक्षण दिइने छ ।
पार्किङ निषेधित क्षेत्रमा सवारीस...