सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ

गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् ।

सम्बन्धित सामग्री

गोरखामा सडक अभावका कारण कुहिँदै स्याउ, बजार ल्याइदिन सरकारसँग माग

भक्तपुर। गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म ल्याइदिन माग गरेका छन्। उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे। उनले भने, “कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री […]

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ

गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् ।

बजार नपाउँदा स्याउ कुहिँदै

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५, गोतामकोटका स्याउले बजार नपाउँदा कुहिन थालेका छन् । बारीमा बिक्रीयोग्य भइसकेका स्याउले बजार नपाउँदा किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष फलेका स्याउले बजार नपाउँदा कुहिएर फाल्नु परेको किसानको भनाइ छ । स्याउ उत्पादक किसान नरबहादुर शाहीले आफ्नो बारीमा रहेका करिब ७५ वटा स्याउका बोटका फल बिक्रीका लागि तयार भएको बताउनुभयो । दुई रोपनी जग्गामा स्याउ लगाएका शाहीले अघिल्लो वर्षभन्दा यस पटक धेरै स्याउ फलेको तर बिक्री नहुँदा कुहिएर खेर जान्छ कि भन्ने पीर लागेको जनाउनुभयो ।

बजार अभावमा कुहिँदै जुम्ली स्याउ

कोहलपुरस्थित न्युरोडमा स्याउ बिक्री गर्ने जुम्लाका इन्द्रलाल धितालले दुई हप्ता अघि ६७ क्विन्टल स्याउ मगाए तर ती स्याउले बजार नपाउँदा एक क्विन्टल पनि बिक्री गर्न सकेका छैनन्।

सडक नखुल्दा लाखौंको स्याउ कुहिँदै

गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा लाखौंको स्याउ थन्किएको छ । झन्डै २ सातादेखि स्याउ थन्किँदा कुहिन लागेको किसानको गुनासो छ ।