आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको छ । मङ्सिर २७ मा गर्ने भनिएको ट्रेड युनियनको निर्वाचन कोरोना भाइरस ९कोभिड–१९० महामारीको जोखिम कायमै रहेकाले तोकिएको समयमा गर्न नसकिने निर्णय बैठकले गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं प्रवक्ता पार्वत गुरुङले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।  यसअघि नै मन्त्रिपरिषद् बैठकले २०७८ वैशाससम्म ट्रेड युनियनको म्याद थप्ने निर्णय गरिसकेको छ ।

सम्बन्धित सामग्री

तीन सहसचिव सचिवमा बढुवा, आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित

काठमाडौँ  : मन्त्रिपरिषद्ले तीन वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सचिव बढुवा गरेको हो। यसअघि पटक पटक बढुवामा छुटेका प्रशासन सेवाका गोकर्णमणि दवाडी पनि सचिवमा बढुवा भएका छन्। निर्णय अनुसार दवाडीसँगै कृषि तथा इन्जिनियरिङ सेवाबाट डा. योगेन्द्र कार्की पनि सचिवमा बढुवा भएका छन्। यस्तै,