धनकुटा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन १ हजार ३ सय १२ जना कर्मचारी खटिने भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका १ सय ६४ मतदान स्थलमा सो कर्मचारी खटिने भएका हुन्।जसमा ६५३ शिक्षक रहेका छन् भने बाँकी कर्मचारी रहेका छन्। गएको स्थानीय तहको निर्वाचनमा शिक्षकलाई निर्वाचनमा खटाइएको थिएन। यसपटक भने प्राथमिक तहका स्थायी शिक्षकलाई खटाउन लागिएको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए।धनक