काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र कर्तव्यनिष्ठाका साथ देश र नागरिककाे हितमा काम गर्न निर्देशन दिनुभएको छ ।
पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आज आइतवार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर नेता नेपालले इमानदारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताउनुभयो । उहाँले देश र नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पन...