गोकर्णेश्वर र कागेश्वरी-मनोहरालाई असहाय गाईबाच्छा मुक्त गरिने

राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र कागेश्वरी-मनोहरा नगरपालिकालाई असहाय गाईबाच्छा मुक्त गरिने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि एम्बुलेन्स खरिद गर्न दिएको रु २३ लाख आर्थिक सहयोगबाट खरिद गरिएको एम्बुलेन्स हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा दुवै नगरपालिकाका नगर प्रमुखलगायत जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । कार्यक्रममा कागेश्वरीका नगर …

सम्बन्धित सामग्री

असहाय गाईबाच्छालाई सहयोग गर्नेको सङ्ख्या बढ्दै

जन्मदिनका अवसरमा असहाय गाईबाच्छा संरक्षण अभियानलाई सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ । अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कुनास्थित वाग्मती नदी किनार र कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा सडकमा छोडिएका गाईबाच्छ जम्मा गरी संरक्षण गर्दै आएको छ ।     अभियानलाई गोकर्णेश्वर नगरपालिका–८ बेँशीगाउँ निवासी समाजसेवी दीपकसिंह भण्डारीले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय गाईबाच्छालाई रु पाँच हजार सहयोग गर्नुभएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानमा सबैको सहयोग हुनुपर्ने लागेर आफू संरक्षण स्थल पुगी थोरै भएपनि सहयोग गरेको उहाँले सुनाउनुभयो ।          गोकर्णेश्वर नगरपालिका–४ मा बसोवास गर्ने नेपाल मेडिकल कलेज, जोरपाटी कर्मचारी युनियनका अध्यक्ष किरण केसीले पनि जन्मदिनको अवसरमा गाईबाच्छालाई खुवाउन खाद्यान्नको लागि नगद रु पाँच हजार सहयोग गर्नुभएको छ । उहाँहरु मात्र होइन, आजभोलि जन्मदिनका अवसरमा असहाय गाईबाच्छालाई सहयोग गर्नेको भीड लाग्ने गरेको छ ।          काँठ क्षेत्रमा गाई पाल्नेले बाच्छा जन्मिएको एक महिना पनि नबित्दै सडक, मठमन्दिर, सार्वजनिकस्थल, नदी किनारलगायत स्थानमा लगी छोड्ने गरेका छन् । गाई पनि बुढा भएपछि यसैगरी छाडिने गरेको छ । संविधानमा राष्ट्रिय जनावरको मान्यता दिइएको गाईको यो अवस्था हुँदा पनि सरोकारवाला निकाय मौन रहेकाले नागरिकस्तरबाट अभियान शुरु गरिएको संयोजक उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।