अब माओवादीले मात्रै त्याग गर्दैन, सरकारमा हाम्रो हैसियत अनुसार पद चाहिन्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको सम्भावना रहेको बताएका छन्। जनकपुरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद हेरफेर बारे छलफल भएको जानकारी दिएका हुन्। उनले अबको हेरफेरमा माओवादी केन्द्रले आफ्नो हैसियत अनुसारको भाग पाउने बताए। 'मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ। केही मन्त्रालय हेरफेरको सम्भावना…