पहिलेभन्दा नेपाली संगीत खस्किएको पनि उनलाई लाग्छ । 'अहिले टिकटकमा पाँच सेकेण्डको हुकले तानेन भने त्यो गीतमा लगानी गरेको कम्तीमा पाँच लाख डुब्छ । त्यसैले अहिले श्रोतालाई होल्ड गरिरहन सक्ने गीत ल्याउनुपर्ने अवस्था छ,' उनी भन्छन्, 'सँगै गीतलाई कालजयी बनाउन पनि जरुरी छ । किनकि यस्ता गीतहरु अहिले आउनै छाडे ।'