भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ । सरकारले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । ‘सरकारले स्वास्थ्य कार्यकर्ता र कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका सबै व्यक्तिलाई बुस्टर डोज दिनेछ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने । त्यस्तै, १५ वर्षदेखि १८ वर्षसम्मका व्यक्तिलाई पनि जनवरीको पहिलो सातादेखि खोप दिइने भएको छ ।‘कोरोनाभाइरस हराएको छ