जीवन र प्रश्न

मैले गाउँ छोडेर सहर पस्दा यो बुझेकी थिएँ कि म बाहिरी दुनियाँमा हराएँ भने पनि फर्केर मलाई त्यहीँ आउनु छ मेरो धरातलमा। म जस्तै धेरै हुन्छन् होला काँधमा जिम्मेवारीको डोको बोकेर हिँडेको। अक्सर म आफैँलाई प्रश्न गर्थेँ। म जस्तै एक्लो? म जस्तै लक्ष्यप्रति आश्रित।