शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पूर्व राजा ज्ञानेन्द्रसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे सहमति गरेको भन्ने आरोप गलत भएको बताएका छन् ।शुक्रबार कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले राजासँग प्रचण्डको सम्झौताबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति झुटो रहेको दाबी गरे ।उनले राजा र प्रचण्डबीच पाँच बुँदे सहमति भएको पुष्टि गर्न ओलीलाई चुनौतीसमेत दिए । अन्यथा ओलीले सार्वजनिक रुपमा माफ