धनगढी। बाजुरामा मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएको भन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको हो।
मुचुल्काभन्दा ४० मत बढी देखिएपछि गणना रोकिएको हो। मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अगाडि रहेका छन्।