विपन्न, असहाय, बेवारिसेलाई नि:शुल्क उपचार गर्न महानगरले बनायो कार्यविधिको मस्यौदा

काठमाडौं महानगरपालिकाले लक्षितवर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार पारेको छ । महानगरले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, ०७७ बमोजिम लक्षितवर्ग (विपन्न, असहाय, बेवारिसे) व्यक्तिको निःशुल्क...

सम्बन्धित सामग्री

घरमै थला परेकी मायादेवीले पाइन् उपचार

विराटनगर। आर्थिक अभावका कारण पाँच महीनादेखि उपचार नपाएर घरमै थला परेकी विराटनगर महानगरपालिका–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार शुरू भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको पहलमा सहनीको सोमवारदेखि कोशी अस्पतालमा नि:शुल्क उपचार शुरू भएको हो ।  सहनीको विराटनगर–१२ मंगलवार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । नगरप्रमुख कोइराला चिकित्सक र स्वास्थ्यकर्मीसहित सहनीको घरमा पुगेका थिए । सहनीको स्वास्थ्य अवस्था बुझेपछि नगरप्रमुख कोइरालाले तत्काल उपचारको व्यवस्था मिलाउन महानगरको स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई निर्देशन दिएका थिए । गर्दनको नसा च्यापिएर गम्भीर बिरामी भएकी सहनी हलचल गर्न नसक्ने अवस्था थिइन् । असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नसा च्यापिएको थियो । गम्भीर बिरामी भएपछि विराटनगरका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । तर पछिल्लो समय उपचार खर्चको अभाव भएपछि उनी घरमै फर्किएकी थिइन् । उनको परिवारमा खाद्यान्नको समेत समस्या देखिएकाले महानगरले खानाको व्यवस्था गरिदिने नगरप्रमुख कोइरालाले बताए ।