माइती आएकी छोरीको गोली हानेर हत्या गरेका बैतडीको पुर्चौडी नगरपालिका १० का धनसिंह महराले आफ्नै घरमा आगो लगाएका छन् । महराले शनिबार साँझ ४ बजेतिर २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरी हत्या गरेका थिए ।
छोरीको हत्यापछि बन्दुकसहित जंगलतिर भागेका महरा अझै फेला परेका छैनन् ।
घटनास्थलमा खटिएका प्रहरी निरीक्षक हरिशरण भट्टले खोजी भइ रहेपनि महरा फेला पर्न नसकेको बताए ।
हतियारसहित भागेका महराले राति आएर आफ्नै पुरानो घरमा आगजनीसमेत गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महराको दुई श्रीमती रहेको र उनीहरुसँग उनको व...