निर्वाचनमा कुनै पनि गठबन्धनको सुविधाजनक बहुमत नआएको अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको दौडधुप चलिरहेको छ । सत्ता गठबन्धन नै बहुमतको नजिक रहेकाले राष्ट्रपतिका आकांक्षी नेता आ–आफ्नो पार्टी र गठबन्धनभित्र अनुकूलता जुटाउने गृहकार्यमा छन् । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो भने लागिसकेको छैन ।