रसिया-युक्रेन युद्धको २० औं दिन : दुई देशबिच वार्ता जारी, रेल चढेर तीन देशका प्रधानमन्त्री पुगे कीभ

रसियाले युक्रेनमाथि आक्रमण गरेको आज २० दिन पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई रसियाले ‘स्वतन्त्र राज्य’को मान्यता दिएसँगै सुरु भएको युद्ध जारी छ। लाखौं मानिस युक्रेनबाट पलायन हुँदा रसिया पनि राष्ट्रपति भ्लादमीर पुटिनको आलोचना बढ्दै गएको छ। युक्रेनका धेरै क्षेत्रमा युद्ध जारी रहँदा दुई देशबिच वार्ता पनि भइरहेको छ।…