लेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी। कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीले जितेको छ। वेम्बली स्टेडियममा गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो। लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले खेलकाे ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे। लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो। कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्।

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटीलाई हराउँदै लेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी । यस वर्षको कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेष्टर सिटीले जितेको छ । इंग्ल्याण्डको वेम्बलेमा गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई १–० ले हराउँदै लेष्टर सिटीले कम्युनिटि शिल्ड जितेको हो । खेलमा लेष्टर सिटीका लागि सब्सटिच्युट खेलाडी केलेचि इहिनाचोले ८९ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । कम्युनिटी शिल्ड फुटबललाई इंग्लीश फुटबलको नयाँ सिजनको सुरुवात […]