हेटौंडा । मकवानपुरस्थित एक सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र अत्यावश्यक पोशाक वितरण गर्ने सहयोगी हातहरु मिलेका छन् । भावना आधारभूत विद्यालय मकवानपुरमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक बितरण गरिएको हो । सोही जिल्लाबासी हाल काठमाडौंमा बस्ने सो विद्यालयका पूर्व विद्यार्थी प्रदीप पौडेलले उक्त विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई शुक्रबार थ्री पिस ट्याकसुट वितरण गरेका हुन् […]