अबको निर्वाचन ओली कि देउवालाई प्रधानमन्त्री बनाउने लडाइँ : पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् । आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा कोरोना