सानेपा प्रवेशमा रोकेपछि भोलि सभापति देउवाको घर घेर्ने नेविसंघ असन्तुष्ट पक्षको घोषणा (भिडिओ)

त्रिविका पूर्वसभापति योगेन्द्र रावलले भने, ‘हाम्रा महामन्त्रीका दैलो पनि देखेका छौं, भोलि हामी शेरबहादुर देउवाको घर घेर्न जाँदैछौं । नेविसंघ भनेको देउवाका भतिजा, गगन थापाका साला र केही नेताका गर्लफ्रेण्ड व्यवस्थापन गर्ने संस्था होइन । के नेविसंघको सदस्य हुन नेताको साला भतिजा र गर्लफ्रेण्ड हुनुपर्ने हो ? हामी यो स्वीकार गर्दैनौं र अब देशभरका साथीहरू बोलाउँछौं ।’