युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताउनुभएको छ । उहाँले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताउनुभयो र भन्नुभयो, “यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।” उहाँले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने उहाँले बताउनुभयो । […]