भारतले नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउने निर्णय गरेको छ ।
भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयल जनाएको छ ।
यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने भारतको विश्वास छ ।