राजनीतिक दलहरु आगामी मंसिर ४ गते हुने आम निर्वाचनको हिसाब किताबमा व्यस्त छन् । पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुङ्गो लगाउन दिनहुँ छलफल भइरहेको छ ।एमालेले पनि पाँच दलीय गठबन्धनको काउन्टरमा साना दललाई एकीकृत गर्ने रणनीति बनाएको छ । ०७४ को निर्वाचनमा वाम गठबन्धनको सामना गरेको कांग्रेस यस पटक पाँच दलीय गठबन्धनमै चुनावी मैदानमा उत्रिने तयारीमा छ ।कांग्रेसले ०७४ मा पाँच सयभन्दा कम मतान्तरमा ५, हजारभन्दा कम मतान्तरमा ३ र ४ हजारभन्दा कम मतान्तारमा ७ वटा निर्वाचन क्षेत्र गुमाएको थियो । ०७४ म