मंसिर २१, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट पहिलो कारोबारको लागि रू. ९४ दशमलव ३९ देखि २८३ दशमलव १७ सम्म ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आव २०७६/ ७७ को वास्तविक नेटवर्थ रू. ९४ दशमलव ३९ रहेकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
सोही कारण कम्पनीले उक्त वास्तविक नेटवर्थको आधारमा सो मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ सूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले कुल शेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि,४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
उक्त शेयरको बाँडफाँट कात्तिक १० गते भएको थियो । उक्त आईपीओमा २३ लाख ९० हजार २१८ जना आवेदकले निवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ जना आवेदकको आवेदन रद्द भएको थियो । स्वीकृति भएका २२ लाख ९४ हजार ४९६ जना आवेकमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए ।