काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट अब बजेट नरहेको बताउनुभएको छ ।
आज साेमवार संसदमा बोल्दै अध्यक्ष ओलीले बजेट बनाउँदाका सबैजसो मूल्य, मान्यता अर्थ मन्त्री जनार्दन शर्माले मिचेको भन्दै यसलाई बजेट भन्न अफ्ठेरो भएको बताउनुभयो । बजेट निर्माणको प्रक्रियामा नै मूल्य, मान्यता तोडिएको र अनधिकृत व्यक्ति प्रवेश गराएर करका दरमा अर्थ मन्त्रीको बेइमानी देखिएको ओलीको आरोप छ ।
‘प्रमुख प्रतिपक्षी दल, संसद्को सबैभन्दा ठूलो दल संसदमा छ, संसदबाट हामीले सीसीटीभी फुटेज माग गर्&...