डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि काम भइरहेको स्वास्थ्य मन्त्रीको प्रष्टोक्ति

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रतिमा गौतमले प्रस्तुत गरेको डेंगी नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले डेंगी रोकथाम तथा...