ख्वप अस्पताललाई १०० शय्या सञ्चालन अनुमति

भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई एक सय शय्या सञ्चालनका लागि अनुमति प्राप्त भएको छ । ६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालय वाग्मतीले १ वर्षका लागि सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति प्रदान गरेको नगरपालिकाले जनाएको छ । गतएको फागुन १ गतेबाटै लागू हुने गरी सय शय्या सञ्चालन अनुमति दिइएको हो ।