पाल्पाका १० वटै स्थानीय तहले शुक्रबार बजेट सार्वजनिक गरेका छन् । कतिपयले नीति तथा कार्यक्रम र त्यसपछि बजेट सार्वजनिक गरे । केही स्थानीय तहले भने यसअघि नै नीति तथा कार्यक्रम ल्याएका थिए । अघिल्ला दुई वर्ष कोरोना कहरका कारण नियन्त्रण र रोकथाममा बजेट बढी खर्चिएका थिए । तर यसपटक भने अधिकांशले भौतिक पूर्वाधार र कृषिलाई नै जोड दिएका छन् ।