नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टले देशको वर्तमान आर्थिक अवस्था खराब रहेको देखाएको छ । आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनाको समग्र आर्थिक अवस्था विश्लेषण गरेको राष्ट्र बैंकको तथ्यांकमा आयातमा वृद्धि भएको, विप्रेषण घटेको, चालु खाता घाटामा रहेको, शोधनान्तर स्थिति समेत घाटामा रहेको उल्लेख गरिएको छ । यस्तै महँगी बढेको, पुँजीगत खर्चमा कमी आएको, राजश्व संकलनमा गिरावट आएको जस्ता तथ्य रिपोर्टमा देखिएको छ ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ भने आयात ५९.५ प्रतिशतले र निर्यात १०...