जनकपुरधाम : बहुप्रतिक्षित जनकपुर-जयनगर रेलको आज परीक्षण गरिने भएको छ। रेल सञ्चालन पूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन्।आफ्नो सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराएका हुन्। महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा गति परीक्षण गरिने छ। स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किलोमिटर प्रतिघ