युक्रेनलाई थप हतियार नपठाउन अमेरिकालाइ रुसको चेतावनी, पठायो कुटनीतिक नोट
अमेरिका तथा नेटो सैन्य गठबन्धनका सदस्य राष्ट्रले युक्रेनलाई गरिरहेको गम्भीर हतियार सहयोगले युद्धमा ‘तेल’ थपिरहेको आरोप रुसले कूटनीतिक नोटमा लगाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।
रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ ।
दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा रहेकाे दूतावासले उपलब्ध गराएको हो ।
युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि रुसले नोट पठाएको हो । त्यसको केही घन्टापछि अमेरिकी राष्ट्रपति बाइडेनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन...