कञ्चनपुर : कोरोना कहरकै बीच शुक्लाफाँटा नगरपालिकामा माघीका अवसरमा सांस्कृतिक कार्यक्रमको रौनक बढेको छ। वडा कार्यालयको सहयोगमा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्।थारू समुदायका लोपोन्मुख अवस्थामा पुगेका नृत्य जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएका हुन्।कार्यक्रममा थारू समुदायका सखिया, छोक्रा, मघौटा‚ मुंग्रह्वा लगायत नृत्यहरू प्रस्तुत गरिएका छन्। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।यो अवसरमा परम्परागत नृत्यहरू देखाई मनोरञ्जन लिने गरिन्छ।