डडेल्धुरामा एमाले र कांग्रेस (विपी) को तालमेल भङ्ग

नेकपा एमालेले  नेपाली कांग्रेस (विपी)सँग गरेको चुनावी तालमेल भङ्ग गरेको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गरी एकलरुपमा निर्वाचनमा होमिने निर्णय गरेको हो । नेपाली कांग्रेस (विपी)ले तालमेलको सहमति उल्लङ्घन गरी डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको एमालेको आरोप छ ।एमालेले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनलाई परास्त गर्न डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाल

सम्बन्धित सामग्री

ओलीको बोलीले उल्टियो एमालेको निर्णय, देउवाविरुद्ध कर्ण मल्ललाई फेरि समर्थन

डडेल्धुरामा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई सहयोग गर्ने नेकपा एमालेले निष्कर्ष निकालेको छ । डडेल्धुरामा एमाले र कांग्रेस बीपीबीच भाँडिएको चुनावी तालमेल पुनः कायम भएको हो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महेन्द्रनगरको चुनावी सभामा डडेलधुरामा मल्ललाई समर्थन गर्न निर्देशन दिएका थिए । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं । मैले सुने त्यहाँ कसैले वक्तव्य निकाल्यो भनेर । तर त्यस्तो अधिकार अरुलाई छैन,’ ओलीले भने । डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको

डडेल्धुरामा एमाले र बिपी कांग्रेसबीचको चुनावी तालमेल भंग

काठमाडौं । नेकपा (एमाले) डडेल्धुराले नेपाली कांग्रेस (बिपी) सँगको चुनावी तालमेल भंग गरेको छ । सहमतिविपरीत बिपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको भन्दै एमालेले चुनावी तालमेल भंग गरेको हो । एमाले जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद र सचिव गजेन्द्र शाहीले जारी गरेको विज्ञप्तिमा एमाले एकल रूपमा चुनावमा […]