नेकपा माओवादी केन्द्रको पूर्वी रुकुमका तीन स्थानीय तहमा ३० जनाले उम्मेदवार बन्न आकांक्षा राखेपछि नेतृत्वलाई मिलाउन हम्मेहम्मे परेको छ । माओवादीको प्रभाव क्षेत्र मानिने पूर्वी रुकुमका तीन स्थानीय तहका ६ पदमा ३० जनाले दाबी गरेपछि सहमति गर्न समस्या भएको हो । माओवादी भित्रका आकांक्षी मिलाउन नसकेपछि गठबन्धनभित्र विषय प्रवेश नै गर्न पाएको छैन । ‘जिल्लाबाट स्थानीय तहमा उठ्छु भन्नेको संख्या ३० जना होइन अझै धेरै थिए, धेरैलाई ब्याक गराएका छौ ।’ जिल्ला कमिटी सदस्य ध्रुर्वविक्रम ओलीले भने,&