श्रीमानको उद्धार, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता

थानकोटका विनय लामिछाने बिहीबार साँझ सपरिवारै धादिङको बेनिघाटस्थित त्रिशुली नदिमा हेलिए। काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ४, थानकोट बस्दै आइरहेकाका लामिछाने, उनकी पत्नी २७ वर्षीया जमुना रेग्मी लामिछाने र दुई नाबालक छोरासहित नदीमा डुबे। विनयलाई स्थानीयले उद्धार गरे भने जमुना मृत भेटिइन्। उनीहरुका दुई वर्षे र छ महिने छोराहरु बेपत्ता छन्।

सम्बन्धित सामग्री

बुद्धिमानको दुःखमा सन्तानको बेवास्ता

मुसीकोट नगरपालिका–१ घिउखोलाका ५४ वर्षीय बुद्धिमान ददेलको शरीरको दायाँ भाग चल्दैन । उनका दुई श्रीमतीबाट दुई छोरी र एक छोरा छन् । १० वर्षअघि जेठी श्रीमतीको मृत्यु भयो भने ५ वर्षअघि कान्छी श्रीमतीले पनि छोडेर गइन् । आफूसँग कोही नभएपछि जीविकोपार्जनमा समस्या छ नै, प्यारालाइसिस भएपछि उनी घरमै थलिएका छन् ।

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, छोराछोरी घाइते

धनगढी : कैलालीमा कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ अण्डैयामा बिहीवार बिहान श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो। यस्तै कुटपिटबाट दुई छोराछोरी पनि घाइते भएका छन्।मृतकका श्रीमान शेरबहादुर नाम्जाली मगरले श्रीमती ललिता नाम्जाली मगरलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ। घटनामा १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर र १२ वर्षका छोरा विजय नाम्जाली मगर घाइते भएका छन्। घाइते लक्ष्मीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्य

कोरोनाबाट एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु, परिवारका थप ५ जना संक्रमित

इलाम।कोरोना सङ्क्रमणबाट इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ।माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो।श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे मृत्यु भएको हो।लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।सङ्क्रमित सबै होमआइसोलेशनमा थिए।मृतकका दुई छोरा,एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित छन्।

चितवनमा अटोरिक्सा दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

२६ पुस, चितवन । जिल्लामा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार …