गुणस्तरहीन बिरुवाको आयात रोक्न कडाइ गर्दै गण्डकी

पर्वत : जिल्लाको मोदी गाउँपालिका–४ क्याङको खुईजरीकी धनमाया पुर्जाले २०७४ सालमा लगाएका अलैँचीका बिरुवाले फल दिने वेला भएको थियो। मिहिनेतको फल पाउने वेला हुन लाग्यो भन्दाभन्दै  सबै बोट मरे।सीमा गोठ मजुवापाखा कबुलीयती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरे। उत्पादन दिने बेला हुनै लाग्दा बनमा रहेका झन्डै ३० हजार बिरुवा निकालेर जलाइएको छ।रोग लागेका बिरुवा फालेर नयाँ बिरुवा रोप्दै गरेको भए पनि हुर्किएर फल लाग्नुपर्ने बोट रोगको सिकार