डोल्पामा दैनिक थपिँदै कोरोना संक्रमित, स्थानीय सरकारको छैन तयारी

डोल्पा : हिमाली जिल्ला डोल्पामा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। नेपालगञ्ज, काठमाडौं, सुर्खेतलगायतका जिल्लाबाट हवाई तथा सडकमार्गबाट सर्वसाधरण भित्रिएसँगै संक्रमणदर पनि फैलँदै गएको हो।शनिवार हवाई जहाजबाट जुफाल झरेका ४२ जनाको एन्टिजिन परीक्षण गर्दा चारजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय डोल्पा निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए। यससँगै संक्रमितको संख्या १४ जना पुगेको छ। जसमध्ये पुरुष नौ र महिला पाँचजना रहेको शाहीले बताए। तीमध्ये १२ जना होम आइसोलेसनमा

सम्बन्धित सामग्री

कोरोना संक्रमितलाई डोल्पा प्रवेशमा रोक

डोल्पा : हिमाली जिल्ला डोल्पा प्रवेश गर्न एन्टिजेन वा पिसिआर नेगेटिभ रिपोर्ट चाहिने भएको छ। देशव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस संक्रमणबाट डोल्पालाई सुरक्षित बनाउन जिल्ला प्रवेशका लागि पिसिआर वा एन्टिजिन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको हो।हवाई र स्थलमार्गबाट भित्रने सर्वसाधरणबाट कोरोना भित्रनसक्ने भन्दै बैशाख २० देखि लागु हुने गरी उक्त व्यवस्था अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए। पिसिआर वा एन्टिजेन नेगेटिभ नभएका कुनै पनि व्यक्ति डोल्पा भित्रन नपाउने उनले बताए

थाहा खबर

डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

डोल्पा : हिमाली जिल्ला डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। सोमबार बिहान ११ बजेदेखि नेपाल टेलिकमको मोबाइल फोन सेवा अवरुद्ध भएको हो। टेलिफोन सेवासँगै एडिएसएल इन्टरनेट सेवा पनि अवरुद्ध छ।सेवा अवरुद्ध हुँदा सर्वसाधरणले सास्ती खेपेका छन्। यस्तै‚ इन्टरनेट सेवा बन्द हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयको नियमित कामकाजमा समस्या आएको बताइएको छ।जुम्लाको मौरे लेकमा राखिएको रिपिटर टावरमा समस्या उत्पन्न भएका जिल्लाका अधिकांश क्षेत्र सञ्चारविहीन भएको बताइएको छ।

थाहा खबर