अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको चन्द्रमामा रकेट पठाउने आर्टेमिस–१ मिसन दोस्रो पटक पनि रोकिएको छ। गत हप्ता पठाउने भनिएको मिसन अन्तिम समयमा आएर रोकिएको थियो।पछिल्लो पटकको मिसन रकेटमा इन्धन चुहावट भएपछि रोकिएको हो। दोस्रो पटक मिसन रोकिएपछि रकेटलाई लन्च प्याडबाट मर्मतका लागि निकाल्ने तयारी गरिएको छ।यो मिसन अब केही हप्ता थप रोकिन सक्ने जनाइएको छ। नासाले विकास गरेको अहिलेसम्मकै शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएसबाट रकेट प्रक्षेपणको तयारी गरिको थियो।यो रकेट लन्च गर्नका लागि लन्च भेहिकलका चार शक्