‘जित्ने ठाउँमा दाबी गरेकोमा अनौठो मान्नु पर्ने कुरै छैन’

हेटौँडा : चितवनको भरतपुर महानगरपालिकाकी बहालवाला मेयर रेनु दाहाल वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमार्फत दोहोरिन चाहन्छिन्। पाँच वर्ष भरतपुर महानगरपालिकामा आफ्नो नेतृत्वमा विकासका धेरै काम शुरु भएकाले त्यसलाई पूरा गर्न दोहोरिन चाहेको उनी बताउँछिन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसको समर्थन पाएकी उनले एमालेको देवीप्रसाद ज्ञवालीलाई २०३ मतान्तरले पराजित गरेकी थिइन्। आगामी निर्वाचनमा पनि कांग्रेस नेतृत्वमा माओवादीसहित पाँच दल गठबन्धन गरेर चुनावी मैदानमा होमिँदैछन्। मंगलबार स