वीरगन्ज ड्राइपोटबाट एकै बर्षमा १ अर्ब ९१ करोडको रक्सी आयात

वीरगन्ज । नेपाल सरकारले आयात प्रतिस्थापनको बजारी हल्ला बढी चलाइरहेको समयमा नेपाल जस्तो गरिब मुलुकको एउटा भन्सार नाकाबाट एकैबर्षमा झण्डै दुई अर्व जतिको मदिरा आयात भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर अब बिश्वास गर्नै पर्ने भएको छ, सत्यता यहि हो । मुलुकको पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट गएको आर्थिक बर्ष (०७८÷०७९ ) […] The post वीरगन्ज ड्राइपोटबाट एकै बर्षमा १ अर्ब ९१ करोडको रक्सी आयात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

३ महिनामा ८ अर्ब ५३ करोडको मोबाइल आयात

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल (स्मार्टफोन) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो ।विभागले ६ लाख १८ हजार ५२० पिस स्मास्र्टफोन आयात भएको छ । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले १ अर्ब ५९ करोड २२ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा आयात हुनेमध्ये सबैभन्दा धेरै स्मार्टफोन चीन र भारतबाट आउने गरेको छ ।यस अवधिमा चीनबाट ६ अर्ब १८ करोड रुपैयाँ बराबरको स्मार

दुई महिनामा ८ अर्ब ३५ करोडको सुन आयात

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो २ महिनामा विदेशबाट ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा उक्त मूल्यको सुन नेपाल भित्रिएको हो ।यस अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको छ । यस बापत राज्यले १ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, यस अवधिमा विदेशबाट ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।विदेशबाट यस अवधिमा ६ करोड ९१ लाख ग्राम चाँदी आयात भएको छ । आयातकर्ताले विदेशबाट चाँदी

गत वर्ष नेपाल भित्रियो १ अर्ब ६३ करोडको केरा

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १ अर्ब ६३ करोड रुपैयाँ बराबरको केरा भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा उक्त मूल्य बराबरको ६ करोड ६२ लाख किलोग्राम केरा भित्रिएको हो ।यसबापत आयातकर्ताले विदेशबाट केरा आयात गर्दा राज्यलाई २१ करोड रुपैयाँ बराबरको भन्सार कर तिरेका छन् । नेपाल भित्रिएको केरा सबै भारतबाट आयात भएको छ । गत वर्ष भारतबाट १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ बराबरको केरा भित्रिएको छ । यसबाहेक इन्डोनेसियाबाट समेत केरा आयात हुने गरेको छ । इण्डानेसियाबाट गत वर्ष जम्मा ४० हज

विदेशबाट १ अर्ब १० करोडको केराउ आयात

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १ अर्ब १० करोड रुपैयाँको केराउ भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशबाट उक्त मूल्य बराबरको १ करोड ९० लाख ४ हजार किलोग्राम केराउ भित्रिएको हो ।नेपालमा विश्वका ७ वटा देशबाट केराउ आउने गरेको विभागको तथ्यांकले देखाएको छ । त्यसमध्ये म्यानमारबाट ५० करोड ८३ लाख रुपैयाँ बराबरको केराउ भित्रिएको छ । यस्तै, भारतबाट २९ करोड १० लाख रुपैयाँको केराउ आयात हुँदा तान्जानियाबाट १७ करोड १४ लाख रुपैयाँको केराउ भित्रिएको छ ।संयुक्त अरब इमिरेट्सबाट १ करोड २

११ महिनामा १ अर्ब २३ करोडको मास्क आयात

१६ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणउन्मुख भएपछि चालु आर्थिक वर्षमा नेपालमा हुने मास्कको आयातमा कमि आएको छ । तर, मास्क आयातको परिमाण भने सानो छैन । नेपालले चाल आर्थिक वर्षको ११ महिना (साउन–जेठ)को अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा […]

भारतबाट नेपालमा १ अर्ब ६० करोडको बासमती चामल आयात

काठमाडौं, जेठ ३ । भारतबाट नेपालमा बासमती चामलको आयात उच्च मात्रामा भएको छ । आर्थिक वर्ष (भारतीय) २०२०/२१ को तुलनामा आर्थिक वर्ष २०२१/२२ भारतबाट नेपालमा भएको बासमती चामलको आयातमा करीब १०८ प्रतिशतले वृद्धि भएको छ । जब कि सो वर्ष भारतको कुल बासमती चामलको निर्यातमा भने २३ प्रतिशतले ह्रास आएको थियो । आर्थिक वर्ष सन् […]

रू. १ अर्ब ३१ करोडको केरा आयात

काठमाडौं । नेपालमै फलाउन सकिने सम्भावना प्रशस्त भएको केरा चालू आर्थिक वर्ष (आव) को ९ महीनामा १ अर्ब ३१ करोड १८ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको अभिलेखअनुसार गत साउनदेखि चैतसम्ममा भारतबाट ४६ हजार १७६ र इन्डोनेशियाबाट १ गरी कुल ४६ हजार १७७ मेट्रिक टनभन्दा बढी केरा आयात भएको छ । केरा आयातका लागि उक्त अवधिमा १ अर्ब ३१ करोड १८ लाख रुपैयाँभन्दा बढी भारत र इन्डोनेशिया गएको देखिन्छ । अघिल्लो आव २०७७/७८ मा भने वर्षभरमा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँभन्दा बढीको ५८ हजार ४६५ मेट्रिक टन केरा आयात भएको देखिन्छ । गत आवमा भारतबाट मात्रै केरा आयात भएको भन्सार विभागको अभिलेखले देखाउँछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ७५ हजार ३ सय ६८ हेक्टरमा फलफूल खेती हुन्छ । त्यसमध्ये १६ हजार ६ सय ९९ सय हेक्टरमा केराखेती हुन्छ । त्यसबाट वार्षिक २ लाख ५४ हजार १ सय ६१ मेट्रिक टन केरा उत्पादन हुन्छ । आन्तरिक उत्पादनले ३/४ महीनाको बजार माग पनि धान्न मुश्किल पर्ने गरेको केरा उत्पादक किसान तथा व्यवसायी बताउँछन् । पछिल्लो समय केराखेतीतर्फ किसानको आकर्षण बढेको जस्तो देखिए पनि आवश्यक समयमा मल र औषधि उपलब्ध नहुँदा पछिल्लो समय उनीहरू हतोत्साहित हुन थालेको कैलाली केरा उत्पादक संघका उपाध्यक्ष टेकेन्द्र धामीले बताए । यसको असर उत्पादनमा परेको उनले जानकारी दिए । उनका अनुसार अन्य बालीमा १/२ पटक मल राख्दा पुग्छ तर केराखेतीलाई चैत, असार, असोज र पुस वर्षमा चारपटकसम्म मल हाल्नुपर्ने हुन्छ । यसो नगरे उत्पादनमा ह्रास आउँछ । तर, सरकारले उपयुक्त समयमा किसानलाई मल उपलब्ध गराउन सकेको छैन । यसले खेती गरिरहेका किसान अझै हतोत्साही हुने उनको भनाइ छ । सानोतिनो परिमाणमा सबैजसो जिल्लामा केराखेती हुने भए पनि कैलाली, कञ्चनपुर, चितवन, नवलपरासी, झापालगायत जिल्ला केराखेतीका लागि प्रख्यात छन् । ती जिल्लाका ४ हजार २ सयभन्दा बढी किसान व्यावसायिक केराखेतीमा आबद्ध छन् । नेपालमा केराखेतीको उत्पादन बढाई यसको अयात कम गर्न सरकारले समयमा मल र औषधिको व्यवस्थापन गरी किसानको मेहनतको उचित मूल्य तोक्ने काम गर्नुपर्ने चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी बताउँछन् । केराको आकार, सफाइ, गे्रडिङ, प्याकेजिङ र ब्रान्डिङलगायत मापदण्ड बनाई उपयुक्त मूल्य तोक्ने वातावरण सरकारले बनाउन सके कोही पनि किसान बिचौलियाका कारण ठगिनुपर्ने अवस्था नआउने उनको बुझाइ छ । मल अभावले किसान मर्कामा रासायनिक मलको अभाव हुँदा केराखेती गर्ने किसान मर्कामा परेका छन् । यसपटक केराखेतीमा मल हाल्नुपर्ने समय बितिसक्दा पनि किसानले मल पाएका छैनन् । मल अभावका कारण यतिबेला कैलाली, कञ्चनपुर, चितवन, झापालगायत जिल्लाका केरा किसानले सास्ती बेहोर्नुपरेको छ । खेतमा मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्ता बढेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका किसान पूर्ण साउदले बताए । ‘स्वदेशमा मलको हाहाकार भएपछि किसान भारतको सीमावर्ती बजार जान थालेका छन् । उताबाट किनेर ल्याएको मल पनि प्रहरीले बोरा च्यातेर बाटोमै फालिदिन्छ । न त सरकारले हामीलाई मल उपलब्ध गराउन सक्छ न सीमापारिबाट ल्याउन दिन्छ । यस्तो अवस्थामा उत्पादन राम्रो हुने कुरै भएन,’ उनले भने । कञ्चनपुरमा २५ सय किसानले करीब ५ सय हेक्टर जमीनमा केराखेती गरेका छन् । कञ्चनपुरको जस्तै अवस्था छ– कैलाली, चितवन र झापाका किसानको पनि । कैलालीमा ७ सय हेक्टर, चितवनमा ३ हजार बिगाहा र झापामा २ हजार बिगाहाभन्दा बढीमा केराखेती छ । यी जिल्लाका किसानले मल अभावका कारण सास्ती खेपिरहेका बेला सरकारी अनुदानको मल विक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीसँग मलको मौज्दात नै छैन ।

तथ्यांकोवाच : १ अर्ब ९३ करोडको अंगुर आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. १ अर्ब ९३ करोड बराबरको अंगुर आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा अंगुर आयातको औसत वार्षिक वृद्धिदर करीब ५४ प्रतिशत रहेको छ । कृषि श्रमिकको कमी, अंगुर खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकहरूलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति तथा ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा तथा अराजकता एवं कृषिमा धेरै अनुदानयुक्त मुलुकहरूको अंगुर उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम अंगुर उत्पादन हुन नसक्दा यसको आयातमा यस प्रकारको वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै अंगुर उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर हुने निश्चित छ । यहाँ प्रस्तुत तथ्यांकले अंगुर खेतीमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक देखिन्छ ।

पाँच महिनामा ३ अर्ब बढीको सुनचाँदी आयात, नक्कली गहना मात्र २ करोड रुपैयाँका

भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ करोडको सुन र १ अर्ब २५ करोडको चाँदी गरी ३ अर्ब २३ करोडको सुनचाँदी आयात भएको हो ।

केरा आयत बढ्यो, एक वर्षमा १ अर्ब ७१ करोडको केरा नेपाल भित्रियो

काठमाडौं।नेपालमा बिभिन्न देशबाट हुने केरा आयतमा वृद्धि भएको छ।गत आर्थिक वर्ष २०७७/७८ मा मात्र नेपालमा १ अर्ब ७१ करोड ५४ लाख ८१ हजार रुपैयाँको केरा भित्रिएको भन्सार विभागले जानकारी दिएको छ। अघिल्लो वर्षमा १ अर्ब ५२ करोड ६६ लाख ५६ हजार रुपैयाँको केरा भित्रिएको थियो।गत वर्ष ५ करोड ८४ लाख ६५ हजार २०३ केजी केरा आयात गरेको विभागले जनायो।