ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एकहजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका छन् । उनीहरुका अनुसार यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ५ लाख ३२ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरूले आइतबार सो कुरा बताएका छन् । यसैगरी यहाँ गएको २४ घन्टामा ४८ हजार जना भन्दा बढी व्यक्ति यहाँ संक्रमित भेटिएका छन् । आइतबार सम्