काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको बयान लिएको छ। सिआइबीले साेमबार साँझ गच्छदारसँग बयान लिएकाे हाे। उनी बयान दिन सिआइबी कार्यालय, महाराजगञ्ज पुगेका थिए। गच्छदार माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री थिए। सो प्रकरणमा पक्राउ पुर्जी जारी […]