आजबाट काठमाडौँमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइँदै

काठमाडौँ । आजबाट काठमाडौँमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ ।  जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।  आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौँका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम […]