दाङबाट अर्घाखाँची सदरमुकाम जोड्ने गच्छे–भालुबाङ सडक निर्माण सुरु भएको २२ वर्ष बितिसक्दा पनि ट्र्याक खुल्न सकेको छैन । वार्षिक बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीको लापरबाही र बजेट दुरुपयोग भएका कारण काममा ढिलाइ भएको हो । ६४ किलोमिटर सडकमध्ये अझै १० किलोमिटर खण्डको ट्र्याक खुल्न बाँकी छ ।