गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक बिहीबार दिउँसो बस्ने भएको छ । तर प्रतिपक्ष दल नेकपा एमालेले उठाएका मागहरुको विषयमा भने सहमति जुट्न सकिरहेको अबस्था छैन ।यो बिचमा लगातार सर्वदलीय बैठक बस्दा पनि कुनै टुङ्गो नलागेको सभामुख राजबहादुर शाहीले रातोपाटीलाई जानकारी दिए । एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरिरहेको छ । यस्तै आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रो