काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दसैँलक्षित अनुगमनअन्तर्गत असोज १ यता काठमाडौं उपत्यकाका ६५ फर्म कारबाहीमा परेका छन् । यो अवधिमा उपत्यकाबाहिरका २२ फर्मलाई कारबाही गरिएको विभागका निर्देशक होमनाथ भट्टराईले बताए । मूल्य, गुणस्तरलगायतमा उपभोक्तालाई ठगी गर्ने ती फर्मबाट ११ लाख रूपैयाँभन्दा बढी जरिबाना तिराइएको छ । अहिले विभागले दैनिक १० टोलीमार्फत बजार […]